एस आर रेडिमेड उद्योगलाई ३ लाख जरिवाना
वीरगञ्ज । वीरगञ्जस्थित एस आर रेडिमेड उद्योगले अन्तर्राष्ट्रिय एडीडास र द नर्थ फेसको नक्कली ब्राण्डको स्टिकर लगाई टाउजर, सुट उत्पादन गरी उपभोक्तालाई ठगी गरिएको भेटिएपछि ३ लाख रुपैया जरिवाना गरिएको छ ।
जिल्ला प्रसाशन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको नेतृत्वमा सशस्त्र प्रहरीको १३ नम्बर गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक टीका प्रसाद पोखरेल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रमुख जित बहादुर भण्डारी सहितको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको एस आर रेडिमेड उद्योगमा आज अनुगमन गर्दा विदेशी प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीको नक्कली ब्राण्ड लगाई टाउजर, सुट, उत्पादन गरी विक्री वितरण गरेको भेटिएको थियो ।
सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम वस्तु वा सेवाको वास्तविक गुणस्तर, बनावट आदि ढाँटी लुकाई, झुक्याई बिक्री गरिरहेकोले सोही ऐनको दफा ३९ को (ख) बमोजिम ३ लाख रुपैया जरिवाना गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्