राष्ट्रिय परिचयपत्रका लागि ४ हजार पाँच सयभन्दा बढीको विवरण सङ्कलन

अछाम । अछाममा अभियानको रुपमा सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा व्यक्तिगत घटना दर्ता शिविरमा हालसम्म चार हजार पाँच सयभन्दा बढीको विवरण सङ्कलन गरिएको छ ।
शनिवारसम्म जिल्लाका तीन स्थानीय तहमा गरी चार हजार पाँच सय सात जनाको विवरण सङ्कलन गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

जिल्लाको मंगलसेन नगरपालिकामा २४ जना अपरेटरमार्फत २ हजार ३ सय ३८ जनाको, बान्नीगढी जयगढ गाउँपालिकामा १३ जना अपरेटरमार्फत १ हजार ४ सय ३१ जनाको र कमल बजार नगरपालिकामा ७ जना अपरेटरमार्फत ७ सय ३८ जनाको विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।
पुस २० गतेदेखि सञ्चालन भइरहेका शिविर १५ दिनसम्म सञ्चालन हुने छ । समयमै शिविर सञ्चालन भएका स्थानमा गई आफ्नो विवरण दिन सरोकारवालाले अनुरोध गरेका छन् ।

नेपाल सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको छ । अछाम जिल्लामा पनि यसलाई महत्त्व दिएर विवरण सङ्कलन कार्य भइरहेकाे बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्