समानुपातिक विज्ञापन प्रणालीलाई प्रभावकारी बनाउन सुझाव

काठमाडौँ । समानुपातिक विज्ञापन प्रणालीलाई प्रभावकारी बनाउन सरोकारवालाहरूले सुझाव दिनुभएको छ ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित ‘विज्ञापन बोर्डलाई तोकिएको कार्य सम्पादन गर्नका लागि सरोकारवालाहरू सँगको छलफल तथा अन्तरक्रिया” कार्यक्रमका सहभागीहरूले विज्ञापन वितरण गर्दा सबैको पहुँच सुनिश्चित हुने गरी विज्ञापन बोर्डले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सञ्चार र विज्ञापनका क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रमका सहभागीहरूले विज्ञापन उत्पादन गर्दा मौलिक संस्कृति र मातृभाषालाई समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डलाई प्रभावकारी बनाउनु सरकारको मुख्य उद्देश्य भएको भन्नुहुँदै कार्यक्रममा आएका सुझावहरूलाई आफूले सकारात्मक रुपमा लिने बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्