तपाईँ सुन्दै हुनुहुन्छः

धावक भण्डारीलाई बंगबन्धु शेख मुजाहिद्धिन म्याराथनको उपाधि

सल्यान । नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन म्याराथनको उपाधि हात पार्नुभएको छ ।

सल्यानकी पुष्पाले साउथ एसियन क्याटेगोरीतर्फ पहिलो स्थान हासिल गर्नुभएको हो । उहाँले फुल म्याराथनको निर्धारित २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक हात पार्नुभएको हो ।

विभागीय टोली सशस्त्र प्रहरी (एपीएफ) की खेलाडी उहाँले गत वर्ष नेपालमा भएको १३ औं सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डको कीर्तिमान बनाएर रजत पदक जित्नुभएको थियो ।

सल्यान शारदा नगरपालिका १४ माल्नेटाकी पुष्पा तीन वर्ष अघि मात्र विभागीय टोली एपीएफमा आवद्ध हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button