तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरले किचेर एक छात्राको मृत्यु

धनकुटा । धनकुटा बजारमा आइतबार विद्यालय जाँदै गरेकी एक छात्राको ट्याक्टरले किचेर मृत्यु भएको छ ।

धनकुटा नगरपालिका वडा नं.८ पेलेकपाङ्ग घर भएकी वर्ष १५ की रेविका आठपहरिया राईको विद्यालय जाने क्रममा धनपा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो । उनी धनपा–७ मा रहेको त्रिवेणी माविमा कक्षा–९ मा अध्ययनरत थिईन ।

धनपा–७ का देवी श्रेष्ठको निर्माणधीन घरमा बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाईड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button