सोलुखुम्बु र रामेछाप जोड्ने पक्की पुल सञ्चालनमा

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ स्थित लिखुखोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा आएको छ ।
सोलुखुम्बु र रामेछाप जोड्ने गरी निर्माण गरिएको मोटरेबल पुलको निवर्तमान सांसद तथा नेकपाका केन्द्रिय सदस्य हेमकुमार राई र लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेपछि पुल सञ्चालनमा आएको हो ।
आर्थिक वर्ष २०६९/७० बाट निर्माण सुरु भएको पुलको काम निर्माण कम्पनी सिरुवा जेभी सोलुखुम्बु र रामेछाप जोड्ने पक्की पुल सञ्चालनमा कन्ट्रक्सनले बिचैमा छोडेपछि लामो समयसम्म अलपत्र बनेको थियो । गाउँपालिकाबाट पटक पटक निर्माण सम्पन्न गर्न ध्यानाकर्षण गराएको भए पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि एमबी दोभान हाइड्रोपावरलाई पुनः निर्माणको जिम्मा दिइएको थियो ।

स्विस सरकारको साढे तीन करोड रुपियाँको लागतमा निर्मित ४० मिटर लामो मोटरेवल पुलको रेलिङ लगायतका बाँकी काम सकिएपछि उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
सोही अवसरमा सोलुखुम्बु र रामेछाप जोड्ने गरी निर्माण गरिएको मोटरेवल पुलदेखि पिके डाँडासम्म पदमार्ग निर्माणका लागि उद्घाटन गरिएको छ । पर्यटकीय सम्भावना बोकेको पिके डाँडासम्म सहजरुपमा पर्यटकलाई पु¥याउने उद्देश्यका साथ १८ किलोमिटर लामो पदमार्ग निर्माण गरिने भएको गाउँपालिकाले जनाएको छ ।
पदमार्गको दुई ठाउँमा पर्यटकको सहजताको लागि हावाघर निर्माण गरिने लिखुपिके गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर २ र ३ निर्मित आइसोलेसन कक्षको पनि उद्घाटन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्