प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दैहुनुहुन्छ ।
आज दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राष्ट्रियसभालाई संवोधन गर्नलाग्नुभएको हो ।
प्रधानमन्त्रीको संवोधनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्