तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र चलायमान बन्न थाल्यो : अर्थमन्त्री गुरुङ्ग

तनहुँ ।  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोभिड १९ का कारण ठप्प बनेको अर्थतन्त्र विस्तारै चलायमान बन्न थालेको बताउनुभएको छ ।

श्निबार तनहुँको दुलेगौडामा राम्जाली अटो मोवाइल्सको उद्घाटन गर्दै मन्त्री गुरुङ्गले अर्थतन्त्र पहिलेकै अवस्थामा फर्कन लागेको बताउनुभयो ।
संघीयता संरचना अनुसार गठक भएको सकारले ८ प्रतिशतसम्म आर्थिक बृद्धिदर हासिल गरेको दावि गर्दै मन्त्री गुरुङ्गले यसलाई सकरात्मक रुपमा बुझनुपर्ने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशले साना मझौला उद्योगलाई कोभिडले पारेको असरलाई न्यूनिकरण गर्न व्यवसाय पुर्नःजीवन कोष स्थापना गरेको जानकारी दिनुभयो ।

व्यवसायीक संस्थासँग समन्वय गरि कोषलाई उपयोग गरिने उहाँ बताउनुभयो । उनले व्यवसायिक मैत्री वातावरण स्थापना गर्न प्रदेश सरकार तल्लिन रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button