जागिर छाडेर दुग्ध व्यावसायमा डिसी, आम्दानी मनग्यै
सल्यान । सल्यान जिल्लाको बागचौर नगरपाकिला ७ का प्रेम बहादुर डिसीले दुग्ध व्यावसायबाट मनग्य आम्दानी गर्दै आउनु भएको छ ।
लघु उद्यम विकास कार्यक्रमको कृषि उद्यम विकास सहजकर्ताको जागिर छाडेर दुग्ध व्यावसायमा लागेका डीसीले अहिले वार्षिक ३० लाखसम्म आम्दानी गर्दै आउनु भएको छ ।
सुरुमा दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी डिसीले अहिले दैनिक ३ हजार लिटरभन्दा बढी दूध संकलन गर्दै जीवन डेरी उद्योगबाट पहिलोपटक जिल्लाबाहिर दूध निर्यात गर्न समेत उहाँ सफल हुनुभएको छ ।
करिब १ करोड ५० लाखभन्दा बढी लगानी गरेका डिसीले दुग्ध संकलन मात्र नगरी व्यावसायिक भैसीपालन समेत गर्नुभएको छ । व्यावसायिक दुग्ध संकलन र भैसीपालन गर्दै आइरहेका प्रेमले १५ जनालाई रोजगारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्