अध्यक्ष र महासचिव भएको पार्टी आधिकारिकः मन्त्री अर्याल
स्याङ्जा । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले पार्टी अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक भएको बताउनुभएको छ ।
शनिबार वालिङमा नेकपाको नगर अगुवा कार्यकर्ता भेलामा मन्त्री अर्यालले पार्टीको एक नं. अध्यक्ष र महासचिव भएको पार्टी आधिकारिक भएको उल्लेख गर्नुभयो ।
मन्त्री अर्यालले पार्टीलाई सशक्त र बलियो बनाएर अगाडि बढ्नुपर्ने भन्नुहुँदै आरोप र प्रत्यारोप भन्दा मर्यादित र सशक्त ढंगले अगाडि बढ्दै सबै ठाउँमा चुनाव जित्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्