आरोपपत्र नै पार्टी फुटको कारकः मुख्यमन्त्री पोखरेल
रुपन्देही । नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका प्रथम अध्यक्षविरुद्ध नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको आरोपपत्र नै पार्टी फुटको कारक बनेको बताउनुभएको छ ।
पार्टी विभाजन रोक्न धेरैपटक आरोपपत्र फिर्ता लिएर संवादमा बस्न आग्रह गर्दा पनि तयार नभएका कारण पार्टी दुर्घटनामा परेको उहाँले बताउनुभयो ।
अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले केही नेताका पदको व्यक्तिगत लोभका कारण शक्तिशाली पार्टीमा ठूलो क्षति भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियताका कारण पार्टीलाई बहुमत आएको बताउँदै उहाँले ओलीकै पालामा आइपरेका ठूला ठूला संकटहरुको सामाना गर्दै देश विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यले संगठनले देशमा भएका ठूला ठूला आन्दोलनको नेतृत्व गर्दै विकासका निम्ति अमूल्य भूमिका खेलेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्