तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञापन बोर्डमा आनका प्रतिनिधिको पनि सहभागिता रहन्छः सञ्चारमन्त्री गुरुङ

file photo

काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा विज्ञ समुहको प्रतिनिधित्व गराईने बताउनुभएको छ ।

नेपाल विज्ञापन संघ आनको २१ औं साधारण सभाको आज काठमाडौंमा उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्डमा रहने विज्ञ समुहमा नेपाल विज्ञापन संघ आनका प्रतिनिधिको पनि सहभागिता रहने बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले विज्ञापन सम्बन्धी प्रभावकारी ब्यवस्थाका लागि गर्नुपर्ने कामका सम्बन्धमा लिखित राय सुझाव दिन नेपाल विज्ञापन संघ आनलाई आग्रह गर्दै सरकार कुनै पनि क्षेत्रबाट गरिने राम्रा कामका लागि सदैव साथमा रहने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाली उत्पादनको बजारीकरणमा विज्ञापन व्यवसायी र सञ्चार जगतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा विज्ञापन क्षेत्रका विज्ञहरु रबीन्द्र रिजाल, सोम धिताल, भाष्करराज कर्णिकार लगायतका वक्ताले नेपालको विज्ञापन क्षेत्रले कोभिडको विषम् परिस्थतिमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

कार्यक्रममा विज्ञापन बोर्ड, विज्ञापन एजेन्सी तथा सरोकारवाला विभिन्न क्षेत्रका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

नेपाल विज्ञापन संघ आनको आज भईरहेको २१ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने पनि जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button