जुम्लामा ४८ जना सडक मानव,उद्दारमा चुनौती

जुम्ला ।जुम्लामा ४८ जना सडक मानव भेटिएका छन् । करिब डेढ हप्ताको अवधिमा संकलन गरिएको तथ्यांक अनुसार जुम्लाका आठै स्थानीयतहमा गरि ४८ जना सडक मानव भेटिएका हुन् । जस मध्य ४ जनाको भर्खरै उद्दार गरिएको छ ।
सामाजिक विकास कार्यालय जुम्लाले जिल्लाका आठै तहमा संकलन गरेको तथ्यांक अनुसार हाल बेवारिस्से अबस्थामा ४४ जनाले सडक जीवन बिताईरहेका छन् । सामाजिक विकास कार्यालयका प्रमुख बलविर सुनारले शुक्रबार प्रशासनमा आयोजित एक कार्यक्रममा जुम्लाका सडक मानवको तथ्यांक सार्वजानिक गरेका हुन् । जसमा यहाँका तिला र हिमा गाउँपालिकामा सडक मानव शून्य रहेका छन् ।
भने,तातोपानीमा २ जना, सिंजामा ३ जना, कनकासुन्दरीमा १६ जना, पातारासीमा १० जना, गुठिचौरमा २ जना र चन्दननाथ नगरपालिकामा १३ जना गरि ४६ जना सडक मानव छन् । जुम्लामा सडक मानवको संख्या क्रमिक रुपमा बढ्दै जादा व्यवस्थापनमा चुनौती देखिएको छ । सडक मानवहरुको दिर्घकालिन व्यवस्थापनमा आर्थिक, भौतिक तथा आबश्यक जनशक्ति व्यवस्थापन लगायतका चुनौती देखिएको हुन् ।
छलफलमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सडक मानवहरुको दिर्घकालिन उद्दार तथा पुर्नस्थापनाका लागि व्यवस्थापनमा चुनौती आएको बताउनुभयो । उहाँले भन्नुभयो, “दिर्घकालिन व्यवस्थापनका भवन, रेखदेख गर्ने जनशत्ति, खानेबसाल्ने समस्या छन् । यसका लागि स्थानीयतह तथा गैसस संग आबश्यक समन्वय सहकार्य बिना सम्भव छैन् ।”
सडक मानवको संख्या बढ्दै छन् । तर कसले कसरी व्यवस्थापन गर्ने बारे टुंगो लगाउन सबैले मानविय दायित्व निभाउनु पर्ने बेला आएको प्रजिअ भापाको भनाई छ । साथै नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जुम्लाका मात्र नभई माथिल्लो कर्णालीका सडक मानवको उद्दार हुने गरि जुम्लामै व्यवस्थापनमा जुट्नु पर्ने बताउनुभयो ।
आफुपनि बार्षिक रुपमा आबश्यक सहयोग गर्न तयार रहेको महतले उल्लेख गर्नुभयो । शुक्रबारको छलफल कार्यक्रममा सडक मानवको व्यवस्थापनका लागि जुम्लामै मानव सेवा आश्रम संचालन गर्ने बारे आगामी साता आठै स्थानीय तहका प्रमुख संग संग छलफल गर्ने निर्णय गरिएको प्रशासनका कम्युप्टर अपरेटर हरिकृष्ण महतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्