तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा चार महिनामा तीन सय ९ जना अपराधी पक्राउ

सप्तरी। जिल्ला प्रहरी कायालय सप्तरीले चार महिना भित्रमा विभिन्न मुद्दामा जिल्ला अदालतबाट फैसला भई सजाय पाएका तीन सय ९ जना अपराधीहरुलाई पक्राउ गरेको छ ।

साउनदेखि पुस महिनासम्म ३ सय ९ जनालाई हालसम्म पक्राउ गरिएको प्रहरी कार्यालय राजविराजमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा तथ्याङ्क प्रस्तुत गर्दै प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभयो । उनीहरुमाथि कुल कैद भुक्तान ६० वर्ष ९ महिना २२ दिन रहेको तथा कुल १० लाख ९८ हजार ३ सय २५ रुपैयाँ जरिवाना ताकिएको थियो । उहाँका अनुसार असोज महिनामा २ सय ५ जना पक्राउ परेका छन् । उनीहरुको २८ वर्ष ६ महिना ४ दिन कैद तथा ६ लाख ३० हजार २ सय ८२ रुपैयाँ जरिवाना असुली भएको जनाइएको छ ।

कार्तिक महिनामा तीन जना पक्राउ परेको तथा एक हजार ५ सय, मंसिर महिनामा १ सय ४८ जना पक्राउ परेको तथा ७ वर्ष ४ महिना १४ दिन कैद तथा २ लाख ३५ हजार ९ सय ३४ रुपैयाँ जरिवाना रहेको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो । उहाँका अनुसार पुस महिनामा अदालतबाट कैद सजाय पाएका ४१ जनालाई पक्राउ गरिएको तथा उनीहरुमाथि ७ वर्ष ४ महिना १४ दिन र २ लाख ३० हजार ६ सय ९ रुपैयाँ जरिवाना रहेको थियो ।

हत्या, डाका, चोरी, ज्यान मार्ने उद्योग, किर्ते, लुटपिट, कुटपिट लगायतको फौजदारी अभियोगमा अदालतबाट कैद सजाय पाइ फरार रहेका अभियुक्तलाई धमाधम पक्राउ गरी कैद र जरिवाना असुल गर्न लागिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।
उनीहरुबाट १० लाख ९८ हजार ३२५ रुपियाँ जरिवाना समेत असुल गर्न सफल भएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button