तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते बस्ने

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी माघ ६ गते बस्ने भएको छ ।

यसअघि यही पुस २७ गते बैठक बस्ने तय गरिएकोमा आगामी माघ ६ गते मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button