कुटपिट मुद्दामा फरार रहेकी एक महिला चार वर्षपछि पक्राउ
सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दामा फरार रहेकी एक महिलालाई चार वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले अङ्गभङ्ग घटनामा संलग्न भई फरार रहेकी सप्तरीको महदेवा गाउँपालिका–१ पकरीकी ३९ वर्षीया सरातुल खातुनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद गौतमको इजलासले आरोपित खातुनलाई २०७३ फागुन ८ गते कुटपिट अङ्गभङ्ग मुद्दामा अदालतबाट चार वर्ष कैद र एक लाख ५० हजार जरिवाना तोकेपछि उनी फरार थिइन ।
घरमै लुकिबसेको अवस्थामा बुधवार पक्राउ परेकी उनलाई अदालतमा उपस्थित गराउँदा अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेशवर साहले जानकारी दिनुभयो ।
गाउँकै मो. मुर्तुजा मिया तथा उनका परिवारको सदस्यमाथि भएको साङ्घातिक आक्रमणपछि प्रहरीले कुटपिट अङ्गभङ्ग मुद्दा चलाएपछि अदालतले तोकेको सजाय भुक्तान नगरी फरार भएका सो घटनाका अन्य केही आरोपित व्यक्ति अझै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्