तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा प्राङ्गारिक कृषि कार्यक्रम लागु

बझाङ । बझाङमा प्राङ्गारिक कृषि कार्यक्रम सुरु भएको छ ।

स्थानीय रैथाने बालीका साथै अन्य बालीहरूलाई अर्ग्यानिक रुपमा उत्पादन गर्नाका लागि कृषि ज्ञान केन्द्र बझाङले प्राङ्गारिक कृषि कार्यक्रम लागु गरेको हो ।

कृषि ज्ञान केन्द्रले प्राङ्गारिक कृषि कार्यक्रमबारे शुक्रवार अभिमुखीकरण कार्यक्रम गर्दै यसबारे सरोकारवालाहरूलाई जानकारी दिएको छ ।

बझाङमा हाल पनि अर्ग्यानिक कृषि उपज बस्तुहरू उत्पादन भएका तर केही ठाउँमा विषादी उपयोग गरी बालीहरू उत्पादन भइरहेकाले विषादीलाई नियुनिकरण गर्नाको लागि प्राङ्गारिक कृषि कार्यक्रम लागु गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताउनुभयो ।

उहाँले पछिल्लो समयमा स्थानीय अर्ग्यानिक कृषि उपज बसतुहरुभन्दा विषादीयुक्तm बस्तुहरू आयातित भएर आएको र यसको उपयोगले मानव स्वास्थ्यमा पनि ठुलो असर परेको हुँदा स्थानीय प्राङ्गारिक प्रविधिबाट कृषिलाई जोड्दिनुपर्ने बताउनुभयो ।

बझाङमा अर्ग्यानिक कृषि उपज बस्तुको राम्रो सम्भावना भएकाले यो कार्यक्रममार्फत जिल्लाका तीन वटा स्थानीय तहहरूमा पकेट क्षेत्र निर्धारण गरी अर्ग्यानिक कृषि उपज बस्तुलाई जोड दिइने भएको छ ।

साथै उत्पादन भएको अर्ग्यानिक कृषि उपज बस्तुको जिल्लामा एउटा कोसेली घर निर्माण गरी खरिद गर्ने र धनगढी, काठ्माडाँैसम्म ढुवानी गर्नका लागि त्यहाँ पनि बझाङ कोसेली घर निर्माण गरी बजार व्यवस्थापन गरिने भएको छ ।

पछिल्लो समयमा किसानहरूले हाइब्रिड बिउ साथै रासायनिक मल, औषधिको उपयोग गर्दा रैथाने बालीहरू पनि लोप भएको हुँदा यस कार्यक्रमले रैथाने बालीको संरक्षणका साथै स्थानीय परम्परागत मलजल औषधी उपयोग गरी अर्ग्यानिक उत्पादनलाई जोड दिने छ ।

बजारमा आयातित विषादी युक्त खाद्यान्न, तरकारी तथा फलफूलले मानव जीवनमा नराम्रो असर परेको हुँदा प्राङ्गारिक कृर्षि कार्यक्रमले स्थानीय उत्पादनलाई टेवा पुर्‍याउने कार्यक्रममा सहभागीले बताएका छन् ।

प्राङ्गारिक कृषि कार्यक्रमका लागि ४१ लाख ५० हजार बजेट रहेको पनि बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button