रोल्पाको थबाङमा न्यानो कपडा र खाद्यान्न बितरण

रोल्पा। रोल्पाको थबाङ मा लुम्बीनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग थबाङ गाउँपालिकाको आयोजनामा थबाङ गाउँपालिका वडा नंम्बर ४को घोराबाङ र वडा नम्बर ५ को हारजुवा का २० जना (एक घरधुरी १ वटा फाइबर सिरक र २५ किलो को एक बोरा चामल) असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ ।
न्यानो कपडा र खाद्यान्न पाए पछी स्थानीय खुसी भएका छन चिसो मा कठाङ्ग्रीएर बस्नुपर्ने बाध्यता थोरै भएपनी हटेको आफुहरु सङ्ग खरीद गर्नको लागी रुपैया थिएन पैसा नभएपछी कपडा र चामल किन्न सक्ने अबस्था भएन केही महीनालाइ भएपनी राहत भयो उनीहरु बताउछन
थबाङ गाउँपालिकाका प्रत्येक वडाबाट (दश घरधुरी) १० जनाको दरले ५० जना (पचास घरधुरी ) लाई प्रती व्यक्ति (एकघर ) १ वटा फाइबर सिरक र २५ के जी को चामल केही दीनमा वितरण गरीने योजना तयारी रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संयोजक सुनिता घर्तिले जानकारी गराउनुभयो ।
गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका मगर ले भन्नुभयो गरीवका लागी सानो सहयोग भएको छ । चिसो को समय तुसारो तथा हिउ पर्ने बेला मा अशक्त अपाङ्ग गरीब परीवार लाइ कपडा र खाद्यान्न चामल बितण गरीयो मलम पट्टी लगाउने काम भयो राहत पाउनेहरुको अबस्था श्रम गर्न सक्ने दुइपैसा कतैबाट कमाएर ल्याउने स्थीती छैन आगामी दीनमा पनी पहीचान गरेर न्यानो कपडा र खाद्यान्न बितरण गर्ने लक्ष्य राखीएको कुरा उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्