तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा स्विस राष्ट्रपति गी पार्मेलिनलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्विस महासङ्घको राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएका गी पार्मेलिनलाई बधाई व्यक्त गर्नुभएको छ ।

आज एक सन्देश पठाउनुहुँदै राष्ट्रपति भण्डारीले आफ्ना स्विस समकक्षी गी पार्मेलिनलाई बधाई ज्ञापन गर्नुभएको हो ।

सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताउँदै नेपालको विकास प्रयासमा स्विट्जरल्याण्डबाट प्राप्त सहयोगको सराहना गर्नुभएको छ ।

उहाँले आगामी दिनमा स्विस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button