तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला तीन दिनको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहिबारदेखि नेपालमा पश्चिमी वायूको प्रभाव घट्दै गएपछि मौसम खुलेको छ ।

हाल प्रदेश १ को पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका भु(भागमा हुस्सु् र कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम अवस्थाः

पौष २४ गते

दिउँसोः प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ ।

पौष २५ गते

दिउँसोः प्रदेश १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २६ गते

दिउँसोः प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button