मेरिक गारल्यान्डलाई महान्यायाधिवक्ता रूपमा छानिएको बाइडेनद्वारा पुष्टि
वाशिङ्टन। अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बिहीबार मेरिक गारल्यान्डलाई महान्यायाधिवक्ता मनोनयन गर्ने बताउनुभएको छ । पाँच वर्ष पहिले रिपब्लिकन पार्टीले सर्वोच्च अदालतको न्यायाधीशमा ल्याउन इन्कार गरेका गारल्यान्डलाई मध्यमार्गी न्यायाधीशका रूपमा लिने गरिएको छ ।
वाशिङ्गटनको संघीय पुनरावेदन अदालतका न्यायाधीश रहेका गारल्यान्ड कुनै पनि राजनीतिक दलसँग झुकाब नराख्ने व्यक्तिका रूपमा हेर्ने गरिएको छ ।
बाइडेनले बिहीबार न्याय मन्त्रालयका प्रमुख अन्य पदमा पनि विभिन्न व्यक्तिलाई सिफारिस गर्ने अनुमान गरिएको छ।
अठसट्ठी वर्षीय गारल्याण्डले निजी क्षेत्रको वकील र संघीय अभियोजनकर्ताका रूपमा लामो समय काम गरेको अनुभव रहेको छ ।
सन् २०१६ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले उच्च अदालतमा गरेको सिफारिसलाई रिपब्लिकन सिनेटलेले रोकिदिएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष उहाँलाई न्यायालयको उक्त रिक्त स्थानमा मनोनयन गर्नुभएको थियो ।
सन् १९९३ मा उहाँले ओक्लाहोमा शहर र एटलान्टा ओलम्पिक बम विष्फोट सहित महत्वपूर्ण राष्ट्रिय सुरक्षा मुद्दा हेर्ने जिम्मेवारीसहित उप सहायक महान्यायाधिवक्ताका रूपमा न्याय मन्त्रालयमा काम गर्नुभएको थियो ।
सन् १९९७ मा तत्कालिन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले उहाँलाई वाशिङगटन पुनरावेदन अदालतमा सिफारिस गर्नुभएको थियो र त्यतिवेला डेमोक्र््याटिक र रिपब्लिकन सिनेटका सदस्यहरूको व्यापक समर्थन प्राप्त भएको थियो ।
उहाँ पछि सन् २०१३ मा उक्त अदालतको प्रमुख न्यायाधीश हुनुभएको थियो पछि सन् २०१६ मा पूर्व राष्ट्रपति ओबामाले उहाँलाई सर्वोच्च अदालतका न्यायाधीस एन्टोनिन स्कालियाको मृत्युपछि खाली सीटमा सिफारिस गर्नुभएको हो ।
महान्यायाधिवक्ताको रूपमा उहाँलाई अमेरिकी सिनेटले सजिलै अनुमोदन गर्न सक्ने देखिएको छ किनकि उहाँलाई दुबै दलको मत मिल्ने सम्भावना रहेको छ ।रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्