आफु नेतृत्वको सरकार निरन्तर अघि बढ्ने : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना सङ्घीयताको मुटु भएको बताउनु भएको छ ।
केन्द्र र स्थानीय तहको प्रयोग लामो समयदेखि भए पनि प्रदेश संरचना नयाँ भएको उहाँले बताउनुभयो ।
आज आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुँदै मुख्यमन्त्री राईले प्रदेशको सरकार सञ्चालनसँगै प्रदेश १ मा विकासको कामले गति लिएको दाबी गर्नुभयो । सङ्घीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको उहाँको भनाई थियो ।
मुख्यमन्त्री राईले पछिल्लो राजनीतिक घटनाक्रमले केही अन्यौलता देखिए पनि अन्यौलतामा नपरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेशमा जसरी घटनाक्रम अघि बढेको छ, कोही पनि यसको भ्रममा पर्नुहुदैन ।
आगामी माघ ७ गतेको प्रदेशसभाको बैठकपछि सबै अन्योल हटेर जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । सरकार परिवर्तन हुने हल्लाको पछि लाग्नुपर्ने अवस्था नभएको भन्दै उहाँले आफु नेतृत्वको सरकार निरन्तर अघि बढ्ने भएकाले कोही, कतै र कसैबाट प्रभावित नभई उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
संविधानको जगमा बनेको यो सरकारले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्ने र आर्थिक मन्त्रालयको नेतृत्व अब ठिक ढङ्गबाट अघि बढ्ने उहाँको भनाई थियो ।








प्रतिक्रिया राख्नुहोस्