वैशाखमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री पोखरेल

सिन्धुपाल्चोक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो गल्तीलाई स्वीकार गरी फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताउनुभएको छ ।
जिल्लाको खाँडीचौरमा आयोजित नेकपाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘प्रचण्डले अहिलेसम्मको सबै गल्तीहरूलाई सच्याएर फर्किन चाहनुहुन्छ भने अझै पार्टी एकताको सम्भावना छ’ उहाँले भन्नुभयो । प्रचण्डलाई हामीले कार्यकारी अधिकारबाट हटाए पनि अध्यक्षबाट हटाएका छैनौं, उहाँ फर्किएर आउनुहुन्छ भने नयाँ ढङगबाट पुन अगाडि बढने छौँ उहाँले भन्नुभयो ।
प्रचण्डले आफ्नो जिम्मेवारी बहन नगरेकाले कार्यकारी अधिकार खोसेको उहाँले बताउनुभयो । ‘उहाँलाई पार्टीभित्रको काम गर्न, एकताको बाँकी काम सम्पन्न गर्न, महाधिवेशनलाई केन्द्रित गरेर काम गर्नका लागि कार्यकारी अधिकार दिएकोमा उहाँले जिम्मेवारी पुरा नगरेपछि कार्यकारी पद खोसेका हौँ उहाँले भन्नुभयो ।
जनताको प्रतिनिधिले जनताबीच जान्छु भनेर प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो । त्यसलाई अन्यथा लिनुपर्ने कुनै कारण छैन’ उहाँले भन्नुभयोे, ‘वैशाखमा निर्वाचन हुन्छ । उहाँहरू चुनावदेखि भागिराख्नु भएको छ । ’प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधारिक भएको समेत उहाँले दाबी गर्नुभयोे ।








प्रतिक्रिया राख्नुहोस्