तपाईँ सुन्दै हुनुहुन्छः

११ हजार घुस रकमसहित दुई जना पक्राउ


महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले सर्लाहीबाट घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयका नायब सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयबाट गएको टोलीले लालपुर्जामा नाम सच्याउने नाममा एक जना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा रंगेहात दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

सो कामको लागि बराल र महतोले सेवाग्राहीसँग ११ हजार घुस रकम लिएको खुलेको छ ।

पक्राउ परेका दुवै जनालाई बर्दिबास ल्याउने तयारी भइरहेको र उनीहरूमाथि थप अनुसन्धान हुने बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button