तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक बिकास र समद्धिको अभियानमा अघि बढीरहेको छ : मन्त्री ठगुन्ना

धनगढी । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले मुलुक बिकास र समद्धिको अभियानमा अघि बढीरहेको बताउनु भएको छ ।

धनगढीमा आज स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको उद्घाटन गर्नुहुदै मन्त्री ठगुन्नाले उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले बिकासको गुणस्तरमा एकरुपता ल्याउन आयोजना कार्यालय महत्वपूर्ण ईकाई हुने बिश्वास व्यक्त गर्नुभयो । मन्त्री ठगुन्नाले तिनै तहका सरकारका बिच सहकार्य भएर सुखी नेपाली, समृद्ध नेपाल साकार पार्न सकिने बताउनुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य ग्याल्बोसिंह बोहरा, सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव रामकृष्ण सुवेदी, स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टा, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button