तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट एक बालकको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित दुधे–शिवगञ्ज भित्री सडक खण्डमा मालबहाक ट्रकको ठक्करबाट आज बिहान ११ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।

शिवगञ्जबाट दुधेतर्फ आउँदै गरेको मे १ ख ३१९२ नम्बरको ट्रकको ठक्करबाट स्थानीय धनबहादुर राईको ११ वर्षीय छोरा भीम राईको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त सडक खण्डअन्तर्गत शिव चोकमा साइकलमा सवार बालकलाई ट्रकले ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

झिलझिले ट्राफिक प्रहरी पोष्टका इन्चार्ज गणेश श्रेष्ठका अनुसार मृतक राई साइकलमा सवार थिए । दुर्घटना गराउने ट्रक र चालक मेचीनगर –१० का जीवन लामालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button