तपाईँ सुन्दै हुनुहुन्छः

संसद् पुनर्स्थापना नभए आफूहरू चुनावमा जाने : नेता बोहरा

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले अदालतको निर्णय आफूहरूले स्वीकार गरेर जाने बताउनुभएको छ ।

संसद् विघटन गर्नु असंवैधानिक भए पनि अदालतले गरेको निर्णय पार्टीले अङ्गीकार गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता बोहराले संसद् पुनर्स्थापना भए पनि फेरि राजनीतिक फोहोरी खेल हुने भन्दै मुलुक जसरी पनि अस्थिरतातर्फ धकेलिएको बताउनुभयो ।

संसद् पुनर्स्थापना नभए आफूहरू चुनावमा जाने र निर्वाचन आयोग पनि चुनाव गर्न तयार रहेको जनाउँदै नेता बोहराले प्रधानमन्त्री चुनाव गर्न सकारात्मक रहेको जनाउनुभयो ।

अहिलेको अवस्थामा संसद् पुनर्स्थापना समस्याको समाधान नभएको जनाउँदै उहाँले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनुभयो । उहाँले गोलमेच सम्मेलन गरी विप्लवदेखि सबैलाई एकै ठाउँमा ल्याएर अहिले देखिएको सङ्कटको व्यवस्थापन गर्नु पर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button