तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक : समसामयिक विषयमा छलफल 

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटन त्यसबाट उत्पन्न परिस्थितिले निम्त्याएको अन्यौलता लगायतका विषय उठाउनु भएको छ ।

बैठकमा सांसद बामदेव गौतमले पार्टीमा वादविवाद र सहमति असहमति हुनु स्वाभाविक भएको भन्दै त्यसका कारण प्रतिनिधिसभा भङ्ग हुँदा देश अत्यन्त कठिन परिस्थितिमा पुगेको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा विघटनको विषय अदालतमा बहस भइरहेको  अवस्थामा त्यस उपर कुनै टिप्पणी गर्नु उपर्युक्त नहुने बताउनुभयो ।

नेकपाका सचेतक खिमलाल भट्टराई प्रतिनिधिसभा विघटन र निर्वाचनको विषयलाई लिएर बहस हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीको कदमलाई निरङ्कुश र तानाशाही भनेर जनतालाई भ्रममा पार्न नहुने बताउनुभयो ।

सांसद रमेशजंग रायमाझीले सुखी नेपाली समृद्ध नेपालको सपना बाडेको वर्तमान सरकारले जनताको मतको संरक्षण गर्न नसकेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक रुपमा बसिरहेको आरोप लगाउँदै सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई समेत विवादमा पार्ने काम गरेको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा मन्त्री संददीय ममिला मन्त्री लिला नाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ सभा समक्ष पेश गर्नुभयो ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसद बामदेव गौतमलाई राष्ट्रि सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयनका लागि गर्नु भएको प्रस्तावलाई बैठकले सहमति दिएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक भोली दिउसो १ वजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button