तपाईँ सुन्दै हुनुहुन्छः

७० हजार नगदसहित आठ जना जुवाडे पक्राउ

 

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गाबाट आठ जना जुवाडे पक्राउ परेका छन् ।

जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा चन्दननाथ नगरपालिका–१ विमानस्थल नजिकबाट जुवा खेल्दै गरेका आठ जनालाई पक्राउ गरिएको हो ।

बुधवार साँझ ७० हजार नगदसहित आठ जना जुवाडेलाई नियन्त्रणमा लिइएको डिएसपी माधव प्रसाद काफ्लेले बताउनभयो । उहाँले भन्नुभयो,“पक्राउ परेका आठ जना जुवाडेलाई म्याद थप गरेर अनुसन्धान जारी छ । पछिल्लो समय जुवा तासको बिगबिगी बढ्यो भन्ने थाहा पाएपछि विशेष अप्रेसन सुरु गरेका छौ ।”

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिकाकै कमल मल्ल, कृष्ण महत, कालीबहादुर बुढा, हरि बुढा, कमल बुढा, जगबहादुर बुढा, हरिबहादुर बुढा र चन्द्र बुढा रहेका छन् ।

यसअघि गत्त कार्तिकमा प्रहरीले १० जना जुवाडे पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button