कोरोना भाइरसको सङ्क्रमणका कारण बाँकेमा हालसम्म ४८ जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट सबैभन्दा बढी मृत्यु नेपालगञ्जमा भएको छ ।
जिल्लामा हालसम्म ४८ जनाको मृत्यु हुँदा नेपालगञ्ज उपमहानगरपालिकाका २६ जनाले ज्यान गुमाएको जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको
छ ।
दोस्रोमा कोहलपुर नगरपालिकाका ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । तेस्रोमा खजुरा गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ ।
बैजनाथ, राप्तीसोनारी, जानकी र नरैनापुर गाउँपालिकाका दुई—दुई जनाको मृत्यु भएको जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्