राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ ।संघीय संसद, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्