सव–इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रका विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए बापत १ लाख ५० हजार घुस रकम लिइसकेको अवस्थामा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्