पछिल्लो राजनीतिक परिवर्तनले व्यवसायलाई असर पर्दैनः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई कुुनै असर नपर्ने बताउनुभएको छ ।
नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा मन्त्री गुरुङले कतिपय व्यवसायीले सङ्कटकाल लाग्ने आशङ्का गरे पनि त्यस्तो केही नहुने स्पष्ट पार्दै ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
मन्त्री गुरुङले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै सञ्चार मन्त्रालयको कार्यक्षेत्रमा पर्ने कुरामा सहयोग गर्ने बताउनुुभयो ।
मन्त्री गुरुङले मन्त्रालयले डिजिटल नेपाल बनाउन लागेको इकमर्स र इबिजनेस मार्फत अघि बढ्न आग्रह पनि गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्