ताजा जनादेशमा जानुको विकल्प छैन : मन्त्री रायमाझी

अर्घाखाँची । ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–माधव समूहले वैदेशिक शक्ति केन्द्रको इसारामा पार्टी फुटाएर गम्भीर गल्ती गरेको भन्दै कुनै समयपछि पछुतो मान्दै पुनः पार्टीमा फर्कने बताउनुभयो ।
केपी ओली नेतृत्वको सकारले ऐतिहासिक र जनमुखी काम गरेको भन्दै उहाँले सरकारले काम गरे नगरेको हेर्न देशव्यापी विकास हेरे पुग्ने उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा शितगंगा नगर कमिटी अर्घाखाँचीद्वारा ठाडामा आयोजित विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले पार्टी भित्रबाटै सरकारलाई काम गर्न नदिएको, आफ्नो पार्टीको सरकार आफै ढाल्न लागेको भन्दै संविधान संरक्षणको निम्ति जनताबीच जानुको कुनै विकल्प नभएको बताउनुभयो ।
केपी ओली नेतृत्वको सकारले ऐतिहासिक र जनमुखी काम गरेको भन्दै उहाँले जिल्लाको पार्टीलाई एकताबद्ध बनाई उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टी फुटले आफूहरूलाई कुनै फरक नपर्ने र प्रचण्ड–माधव पक्ष चुनावमा गए पत्तासाफ हुने डरले सडकमा कुर्लिएको उहाँको कथन रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युष्टि पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य द्वय चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेले झुट्टा लाल्छना , कपोकल्पित आरोपको भ्रममा नपरी नेपाली कम्युनिष्ट आन्दोलनको मुलप्रवाह केपी शर्मा ओली नेतृत्वको नेकपामा गोलबन्द हुन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्