बाराको पचरौतामा निःशुल्क आँखा शिविर

बारा । बाराको पचरौता नगरपालिकाको बेलदारीमा नगरप्रमुख वृद्धबृद्धा बचाउ अभियान अन्तरगत निःशुल्क आँखा शिविर तथा निःशुल्क मोतिया बिन्दु शल्यक्रिया कार्यक्रम सुरु भएको छ ।
पचरौता नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ४ स्थित बेलदारीमा नगर स्तरीय आँखा शिविर सुरु भएको हो ।
नारायणी आँखा अस्पताल बिरगंजको प्राविधिक सहयोगमा उक्त शिविर सुरु भएको नगरपालिकाले जनाएको छ ।
पचरौता नगरपालिकाका नगरप्रमुख रमेश यादवले नगर बासीमा कुनै प्रकारको आँखाको समस्या भए निःशुल्क अप्रेसन गराउने बताउनुभएको छ ।
नगरको कुनै व्यक्तिलाई समस्या पर्न नदिन आफू कटिबद्ध भएको बताउँदै उहाँले आफूले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढी ध्यान दिएको बताउनुभयो । उहाँले चाँडै नै स्वास्थ्य सम्बन्धी सम्पुर्ण चेक जाँचका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने पनि बताउनुभयो ।
शिविरमा आँखा सम्बन्धी विभिन्न रोगहरूको निःशुल्क औषधी र चस्मा पनि वितरण गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्