तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटाको छथर जोरपाटीमा अपांग परिचयपत्र वितरण

धनकुटा । धनकुटाको छथर जोरपाटीमा बुधबारबाट अपाङ्ग परिचयपत्र वितरण शिविर शुरु भएको छ । करुणा फाउण्डेशन काठमाडौको प्राविधिक सहयोगमा ६ वटै वडामा चलाइने उक्त शिविरको पहिलो दिन वडा नं. १ हात्तिखर्कबाट शुरु भएको हो ।

गाउँपालिकाले ४ जनाको बिशेषज्ञ टोलीसहित प्रारम्भिक जाँच गरेर परिचयपत्र वितरण शुरु गरेको हो । उद्घाटनमा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले परिचयपत्र भत्ता लिनका लागि मात्र नभएर विभिन्न सेवा सुविधाका लागि भएकाले शिविरमा सबै खालका अपांगता भएकाहरुलाई सहभागी हुन अनुरोध गर्नुभयो ।

वडा अध्यक्ष पुखमान आलेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा करुणा फाउण्डेशनका प्रमुख कृष्णप्रसाद सापकोटाले कस्तो अपांगता भएकाले कुन प्रकारको परिचयपत्र पाउने भन्ने कुराको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button