तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराद्वारा राजीनामा

पत्रकार सम्मेलन गर्दै बोहरा, फोटो रोशन खड्काको फेसबुकबाट
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आज पदबाट राजीनामा दिनुभएको छ ।
धनगढीमा पत्रकार सम्मेलन गरी मन्त्री बोहराले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो । त्यस क्रममा मन्त्री बोहराले आफ्नो तीन बर्षे कार्यकाल पूर्ण रुपमा सफल रहेको बताउनु भयो । त्यस अवधिमा सुदूरपश्चिम प्रदेशले आर्थिक क्षेत्र सहित समग्र प्रदेशको विकासमा प्रगति हासिल गरेको बताउनु भयो ।
पदबाट राजीनामा दिएका मन्त्री बोहरा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली निकट रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button