सेनाको गाडीले ठक्कर दिँदा एकको मृत्यु
सप्तरी । सप्तरीको पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत रुपनी गाउँपालिका–१ स्थित नेपाली सेनाको गाडीले आज बुधबार मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
नेपाली सेनाको वानटन गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ बस्ने ६५ वर्षीय रामचन्द्र प्रसाद चौधरी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. १ ग १९८१ नम्बरको नेपाली सेनाको वानटनले सोही दिशाबाट जादैँ गरेको स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट घाइते थारुको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको सूर्यदल गण विराटनगरबाट भैरव दल गण ललितपुरका लागि अदलीबदली गर्न ३२ जनाको टोली लिएर जाँदै गरेको वानटनले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालक धरान–१७ का मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्