तपाईँ सुन्दै हुनुहुन्छः

थप ४ सय ९५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज थप ४ सय ९५ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ५ हजार १ सय ३३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ८ सय ९९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button