‘नेपालको खेल जगतमा सुदूरपश्चिम ‘पावर हाउस’ हो’
कञ्चनपुर । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सुदूरपश्चिम प्रदेश खेलकूदको ‘पावर हाउस’ भएको बताउनुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले आयोजना गरेको प्रतिभावान् खेलाडी छनोट घोषणा कार्यक्रममा सदस्य सचिव सिलवालले भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी र कुस्तीलगायतका खेलको खेलाडी उत्पादनका निम्ति सुदूरपश्चिम उर्वरभूमि भएको बताउनुभयो ।
प्रतिभावान खेलाडी छनोटमा परेका २४ खेलाडीलाई छात्रवृत्ति स्वरुप मासिक ३ हजार रकम दिने उहाँले घोषणा समेत गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्