नेपाल तेक्वान्दो सङ्घ प्रदेश २ को अध्यक्षमा बाराका पेमासिद्धि लामा चयन
बारा । नेपाल तेक्वान्दो सङ्घ प्रदेश २ को अध्यक्षमा बारा निजगढका तेक्वान्दोकर्मी पेमासिद्धि लामा चयन हुनुभएको छ । संघका केन्द्रिय अध्यक्ष प्रकाश शमशेर राणाले लामालाई प्रदेश २ को अध्यक्षमा चयन गर्नुभएको हो ।
प्रदेश अध्यक्षमा चयन हुनुभएका लामाले प्रदेश २ का जिल्लाहरूमा तेक्वान्दो खेलको विकासका लागि आफूले गरेको योगदान र सक्रियताका कारण आफु अध्यक्ष पदमा चयनको लागि योग्य भएको बताउनुभयो ।
अध्यक्षमा चयन हुनुभएका लामा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार रहनुभएको थियो ।
लामासँगै महासचिवमा बारा, पथलैयाका राजकुमार लामा, सदस्यमा सिराहाका रामबाबु यादव र सप्तरीका सुकदेव साह चयन हुनुभएको छ । नेपाल तेक्वान्दो सङ्घ अन्तर्राष्ट्रिय मान्यता प्राप्त तेक्वान्दो सङ्घ हो ।








प्रतिक्रिया राख्नुहोस्