तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा गरिब तथा बिपन्नलाई खाना वितरण

कञ्चनपुर । कञ्चनपुरमा रहेको विपन्न तथा गरिब घरपरिवारलाई माइती नेपाल कञ्चनपुरको सामुदायिक भान्छा अभियान अन्तर्गत खाना बितरण गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ को जामुनाघारी क्षेत्रमा आज २ सय ५० जना गरिब तथा बिपन्नहरुलाई खाना बितरण गरिएको हो ।

यसअघि माइती नेपाल कञ्चनपुरले विभिन्नत स्थानीय तहमा विपन्न परिवारका करीब १४ हजार जनालाई पौष्टिक खाना वितरण गरेको थियो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेका विपन्न परिवारका महिला तथा बालबालिकाहरुका लागि गत असार १६ गतेदेखि नै सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियान सञ्चालन गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।

दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार लामो समयसम्म भएको बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै सम्बन्धित स्थानीय तहसँगको सहकार्य तथा युएन वुमनको आर्थिक सहयोगमा माइती नेपालले उक्त अभियान सञ्चालन गरेको संयोजक भट्टले बताउनु भएको छ ।

अधिकांश विपन्न परिवारलाई दैनिकी निर्वाह गर्नै अप्ठ्यारो परेको परिस्थितिमा माइती नेपालले सञ्चालन गरेको सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण कार्यक्रमले समुदायमा पोषण सम्बन्धी जनचेतना प्रवाह भएको स्थानीयकोे भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button