सवारी दुर्घटनामा दुईको मृत्यु
भद्रपुर, झापा । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको झिलझिलेमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र ७ बस्ने २९ बर्षीय ज्ञानेन्द्र तामाङ र इटहरी उपमहानगरपालिका–१ की सलिना राई रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १—०२—०४३ प ९२१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार तामाङ र राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका दुबैको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्