तपाईँ सुन्दै हुनुहुन्छः

डिभिजन वन कार्यालय कञ्चनपुरमा अनिश्चितकालीन तालाबन्दी

कञ्चनपुर। काठ दाउरामा लगाइएको बन्देज हटाउनु पर्ने माग राख्दै डिभिजन वन कार्यालय कञ्चनपुरमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल जिल्ला संघर्ष समिति कञ्चनपुरले सामुदायिक वनमा काठ दाउरा संकलन, बिक्री वितरण र ओसार पसारमा लगाइएको प्रतिवन्ध हटाउनु पर्ने माग राख्दै डिभिजन वन कार्यालय कञ्चनपुरमा अनिश्चितकालीन तालाबन्दी गरेका छन ।

छानविन उपसमितिको प्रतिवेदन खारेज गरी उच्चस्तरीय छानविन समितिको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजी प्रस्ताव, वन प्राविधिक र सामुदायिक वनका पदाधिकारी सदस्यहरुमाथिको झुटो आरोपसहितको कारबाही सिफारिस खारेज हुनु पर्ने माग राख्दै पटक–पटक शान्तिपूर्ण तरिकाले सम्बन्धित निकायमा पुग्दा समेत सुनवाई हुन नसकेपछि बाध्य भई तालाबन्दीमा उत्रिनु परेको सञ्जालका संयोजक बहादुरसिंह महराले बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button