उपत्यकामा वायु प्रदूषण, सावधानी अपनाउन वातावरण विभागको आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन वातावरण विभागले आग्रह गरेको छ ।
उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदूषण अत्यधिक बढेको हुँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामी सकेसम्म घरबाहिर ननिस्किन आग्रह गरिएको विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले जानकारी दिनुभयो ।
मौसममा सुधार नहुँदासम्म केही दिनसम्म प्रदूषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउन पर्ने महानिर्देशक निरौलाले बताउनुभयो ।
उपत्यका बाहेक तराई क्षेत्रका नेपालगन्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्