कर्णालीबाट उत्साहजनक रुपमा राजश्व संकलन हुँदै
सुर्खेत । पछिल्लो समय कर्णालीबाट उत्साहजनक रुपमा राजश्व संकलन हुन थालेको छ । आन्तरिक राजश्व कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा झण्डै ७१ करोड राजश्व असुली गरेको जनाएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७–०७८ को साउनदेखि मंसिरसम्म ७० करोड ७४ लाख रुपैयाँ राजश्व असुली भएको हो । यस अवधीमा आन्तरिक राजश्व विभागले दिएको लक्ष्य भन्दा २० करोड ७६ लाख ९८ हजार रुपैयाँ बढी राजश्व असुली भएको कार्यालय प्रमुख डा. रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।
उक्त कार्यालयलाई ५ महिनाका लागि विभागबाट ४९ करोड ३० लाख ४२ हजार लक्ष्य पाएकोमा १४२ दशमलव १३ प्रतिशत अर्थात् ७० करोड ७४ लाख रुपैयाँ असुली गरेको हो ।
कार्यालयले गत वर्ष मंसिरसम्मकोे सोही अवधिमा ६२ करोड १५ लाख ७ हजार रुपैयाँ असुली गरेको थियो । गत आवमा कर्णाली प्रदेशबाट विभिन्न शीर्षकमा १ अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ राजश्व असुली भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्