नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गते निष्कासन हुने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गते सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्