पाकिस्तान सुपर लिगका लागि लामिछाने ड्राफ्टमा
काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन । उनी यसपटक प्लाटिनम वर्गमा परेका छन ।
यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन । यसका साथै घरेलु क्रिकेटमा बाबर अजाम लगायतका चर्चित अनुहार यो क्याटागोरीमा छन ।
पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिपसहित पाकिस्तान र अन्य देशका गरी कुल ३०० खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ ।
सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र इमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन् ।
एक टिमले कुल १ दशमलव १ मिलियन अमेरिकी डलरमा आफ्नो टिम बनाई सक्नु पर्नेछ । प्लेटीनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार देखि २ लाख १८ हजार डलरसम्म खरिद गर्न सक्नेछन् ।
यस्तै डाईमण्ड श्रेणी खेलाडीहरुको मुल्य ७३ हजार अमेरिकी डलरदेखि १ लाख ३ हजार अमेरिकी डलरबीच रहने छ ।
सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए ।
पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटागोरीमा राख्ने गरिन्छ । प्लेटिनम सर्वाधिक महँगो क्याटागोरी हो ।








प्रतिक्रिया राख्नुहोस्