मतदान स्थल र केन्द्र निर्धारणसम्बन्धी कार्य पुस २३ गतेबाट शुरु हुने

काठमाडौँ । निर्वाचन आयोगले जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य शुरु गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले यही पुस २३ गतेदेखि कार्य शुरु गर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोगबाट “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र सोको कार्यान्वयनको लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत भएसँगै मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य शुरु हुन लागेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
समितिले आगामी माघ १७ गतेसम्ममा कार्य सम्पन्न गर्ने गरी आयोगले कार्यतालिका समेत स्वीकृत गरेको छ ।
सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज एवम् सरोकारवालाहरूबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आवश्यक सहयोगका लागि आयोगले अपिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्