तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षण पेशासँगै व्यावसायिक बाख्रापालनमा सुरेश गाहामगर

सल्यान । सल्यानको कालिमाटी गाउँपालिका ५ दमदुवालीका सुरेश गाहामगर पेसाले शिक्षक हुन । जनता माध्यमिक विद्यालय दुवदुवालीमा अध्ययापन गराउँदै आएका मगरले व्यवासायिक बाख्रापालन समेत गर्दै आइरहेका छन् ।

कृषिपेशा केही गर्न नसक्ने व्यक्तिले गर्ने व्यावसाय हो भन्ने र शिक्षकले कृषिमा हात हाल्नुहुँदैन भन्ने सामाजिक प्रवृतिलाई हटाउन पनि आफूँले बाख्रापालन गरी रहेको उनले बताए ।

९ बाख्राबाट व्यावसाय सुरु गरेको उनको फर्ममा अहिले १ सय ५ वटा उन्नत (बोयर ) जातका बाख्रा रहेका छन् । शिक्षण पेसासँगै बाख्रापालनमा लागेका मगरले वार्षिक बाख्रापालनबाट ७ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् ।

बाख्राको माग र मूल्य बढ्दै गएपछि शिक्षण पेशासँगै बाख्रापालन गरिरहेको उनको भनाई छ । २०७० सालदेखि शुसान्त एवं शुसाङ्क ब्रदर्श एग्रिकल्चर फर्म नामक फर्म स्थापना गरी व्यावसाय सुरु गरेका मगरले गाउँगाउँमा सडक पुगेसँगै व्यापारीले गोठबाटै खसीबोका खरिद गर्ने गरेको बताए ।

झन्डै दुई दशकदेखि शिक्षण पेशामा आवद्ध गाहामगरले बिहान बेलुकाको समय बाख्रा चराउने, घाँस काट्ने गर्दै आइरहेका छन् ।

आफ्नै परिवारका १२ जना सदस्य बाख्रापालनमा रहेपनि मगरले थप दुई जनालाई रोजगारी दिएका छन् ।

नजिकै वनजंगल भएको र घाँसखेती गरेकाले बाख्रापालनमा समस्या नरहेको उनको भनाई छ । पैसा कमाउन विदेशमा नै जानु पर्छ भन्ने मान्यतालाई तोड्न पनि दुई युवालाई रोजगारी दिएको उनले बताए ।

खरिजातका बाख्रालाई विस्तारै हटाएर बोयर जातको बाख्रा पाल्ने योजना अनुसार लगानी समेत बढाउँदै गएको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button